दार्जिलिङ जिल्लाको मतिगढा-नक्सलबारी विधानसभा क्षेत्रमा बिहान 10 बजेसम्म सर्वाधिक मतदान

सिलगढी: पाँचौ चरणको मतदान आज बिहान ठीक 7 बजेदेखि दार्जिलिङ, कालेबुङ,जलपाइगढी सहित अन्य कतिपय ठाउँहरूमा हालसम्म शान्तिपूर्वक कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न भइरहेको जानकारी प्राप्त भएको छ। यसैक्रममा दार्जिलिङ जिल्लाको मतिगढी-नक्सलबारी विधानसभा क्षेत्रमा आज 10 बजेसम्म सबैभन्दा अधिक मतदाताहरूले मतदान गरे। उक्त केन्द्रमा 10 बजेसम्म 19.33 प्रतिशत मतदान भएको सम्बन्धित अधिकारी मार्फत थाहा लागेको छ। यसको साथै लगभग 10 बजीसम्म दार्जिलिङमा 9 प्रतिशत र खरसाङ विधानसभामा 8 प्रतिशत मतदान भएको जानकारी प्राप्त छ। यसवाहेक, उक्त अवधि फाँसीदेवा विधानसभा केन्द्रमा 19.07 प्रतिशत मतदान भएको बताइएको छ। यसवाहेक, सिलगढी विधानसभामा 18.23 प्रतिशत मतदान भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *