दार्जिलिङ जिल्लाको पहाड-समतल क्षेत्रका विभिन्न ठाउँहरू कन्टेनमेन्ट जोन घोषणा

दार्जिलिङ: कोभिड सङ्क्रमणको बढ्दो संख्या अनि परिस्थितिलाई मध्यनजर राखेर दार्जिलिङ जिल्ला प्रशासनले जिल्लाको कतिपय खण्ड अनि नगरपालिका क्षेत्रको विशेष ठाउँलाई कन्टेनमेन्ट जोनको रूपमा घोषणा गरेको छ। यसै अन्तर्गत जोरबङ्लो सुकेपोखरी खण्ड बिकास अन्तर्गत गोराबारी मार्गेस्ट होप ग्राम पञ्चायत अन्तर्गत बीच गाउँ नेहुर बालसनलाई पनि कन्टेनमेन्ट जोनको रूपमा घोषणा गरिएको  जिल्लापाल कार्यालयले आधिकारिक रूपमा सूचना जारी गरेको छ। यसैगरी, डीएम कार्यालय दार्जिलिङले जारी गरेको कन्टेनमेन्ट जोनको सूचीमा खरसाङ अन्तर्गत पर्ने सिटोङ 3 को लङ्कु अनि रोलक बस्ती, रङ्गी-रङ्गियट ब्लक अन्तर्गत पर्ने लाब्दा डिभिजन, मङपुर, भानुटोल, जिङलाम वार्ड नम्बर 1 र 3, नामरिङ वार्ड नम्बर 4, कैजले बजार, मिडल गोक, रङदु (एनटीपीसी), मिरिकको चन्द्रमान गाउँ र बहादुर गाउँ सामेल छ। अर्कोतिर, सिलगढीको मतिगढा अन्तर्गत पर्ने कदमतला-दुर्गामन्दिर, विधानपल्ली, नारायणपल्ली, एनबीयु गेट नम्बर संलग्न क्षेत्र, कावाखाली, तुम्बाजोत तथा सिलगढी नगरनिगम अन्तर्गत पर्ने वार्ड नम्बर 45-को बाघाजतीन कोलनी प्रधान नगर गल्ली नम्बर 8, वार्ड नम्बर 46-को विद्यानगर कोलनी चम्पासरीको गुप्ता स्टोरको एक समय मिटरको अवधिलाई पनि कन्टेनमेन्ट जोनको रूपमा घोषणा गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *