दार्जिलिङ जिल्लामा क्वारेन्टाइन सेन्टरको लागि 72 वटा ठाउँ चिन्हित

सिलगढी : कोरोना परिस्थितिबारे सिलगढीको स्टेट गेस्ट हाउसमा जिल्ला टास्क फोर्सका सदस्यहरूले आज एउटा बैठक गरे। उक्त बैठकमा दार्जिलिङ जिल्लाशासक एस पन्नमबलम लगायत प्रशासनिक अधिकारी र जनप्रतिनिधिहरू उपस्थित थिए। सहरमा कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर मानिसहरूलाई कसरी सचेत गराउने साथै भिन्न राज्यबाट आएका मानिसहरूलाई क्वारेन्टाइनमा राख्नेबारे बैठकमा चर्चा-परिचर्चा गरियो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जिल्लाशासकले जिल्लामा हालसम्म 72 वटा शिक्षा प्रतिष्ठान र सरकारी भवनहरूलाई क्वारेन्टाइन सेन्टरको रूपमा चिन्हित गरिएको बताए। राज्य सरकारको निर्देशअनुसार दिल्ली, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, तामिलनाडु आदि 5 वटा ठाउँबाट आएका मानिसहरूलाई 14 दिन क्वारेन्टाइन सेन्टरमा राखिनेछ। यसबाहेक अन्य राज्यबाट आएका मानिसहरूलाई 14 दिन होम क्वारेन्टाइनमा राखिने तिनले बताए। यसबाहेक हालसम्म विभिन्न शिक्षा प्रतिष्ठानको क्वारेन्टाइन सेन्टरमा लगभग 2500 र होम क्वारेन्टाइनमा लगभग 6303 जना मानिसहरू रहेको जिल्लाशासकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *