दार्जिलिङ जिल्ला पुलिसद्वारा नक्सलबारीमा पुजाको गाइड म्याप सार्वजनिक

नक्सलबारी : दुर्गा पुजा शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्ने उद्देश्य लिएर दार्जिलिङ जिल्ला पुलिसले महकुमाको सबै पुजा कमिटीहरूसित एउटा महत्वपूर्ण बैठक गर्यो। यसै बैठकमा पुजाको गाइड म्याप पनि सार्वजनिक गरियो। यसको साथै 6 वटा पुजा कमिटीका सदस्यलाई राज्य सरकारको अनुदान चेक पनि प्रदान गरियो। नक्सलबारी कम्युनिटी हलमा सम्पन्न उक्त बैठकमा जिल्ला सुपर सन्तोष निम्बालकार, अतिरिक्त पुलिस सुपर मनोरञ्जन घोष, एसडीपीओ नक्सलबारी अचिन्त्य गुप्त, सिलगढी महकुमाशासक प्रियङ्का सिंह लगायत अन्य उपस्थित थिए।


एसडीपीओ नक्सलबारी अचिन्त्य गुप्तले बताएअनुसार आजको बैठकमा 3 वटा थाना इलाकाको मोठ 165 वटा पुजा कमिटीका सदस्यहरू उपस्थित थिए। आज 6 वटा पुजा कमिटीलाई अनुदान चेक प्रदान गरियो भने आगामी दिनमा रहल पुजा कमिटीहरूलाई अनुदान चेक प्रदान गरिने तिनले बताए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *