दार्जिलिङ जिल्ला एसयुसीआई-को तर्फबाट सहिद दिवस पालन

सिलगढी : एसयुसीआई युवा नेता तन्मय मुखर्जीको 28 अगस्त 2000-मा मृत्यु भएको थियो। तिनको हत्या गरिएको हो भन्ने संगठनको अनुमान रहेको छ भने तिनको हत्याको मामिला हालसम्म विचाराधीन छ। एसयुसीआई-ले तिनको मृत्युको दिनलाई सहिद दिवसको रूपमा मनाउँदै आइरहेको छ। यसैले प्रत्येक वर्ष झैँ यस वर्ष पनि दार्जिलिङ जिल्ला एसयुसीआई-को तर्फबाट तन्मय मुखर्जीको 22औँ सहिद दिवस पालन गरियो। यस अवसरमा जिल्ला सचिव गौतम भट्टाचार्य लगायत अन्य नेतृत्वहरूले सहिद वेदीमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *