दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस किसानको अध्यक्ष बने फाँसीदेवाका छोटन किस्कु

फाँसीदेवा : फाँसीदेवाका छोटन किस्कुलाई दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस किसानको अध्यक्षको पदभार सुम्पिएको छ। तिनी आज फाँसीदेवा फर्किआएपछि तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले संवर्द्धना जनाए। गत 2 महिनादेखि सभापतिको पद शून्य रहेको थियो भने गत 3 दिनअघि छोटन किस्कुलाई दार्जिलिङ जिल्ला तृणमूल किसानको अध्यक्षको दायित्व सुम्पिएको छ। पदभार सम्हालेपछि दार्जिलिङ जिल्ला किसान तृणमूल कङ्ग्रेसका अध्यक्ष छोटन किस्कुले किसान संगठन कमजोर रहेको स्वीकार गरेका छन्। तिनले किसान संगठनलाई बलियो बनाउनुपर्छ, किसानहरूलाई लिएर अञ्चल, जिल्ला अनि  अन्तमा राज्य स्तरीय सम्मेलन गरियोस् भनी बताए। धानलाई उचित मूल्यमा बेच्न साथै कृषकहरूको लागि मैदानमा ओर्लिनुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *