दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसद्वारा स्वामी विवेकानन्दको जन्मजयन्ती पालन

सिलगढी : देशभरिमै आज स्वामी विवेकानन्दको 159औँ जन्मजयन्ती पालन गरिरहेको छ। यसै क्रममा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको तर्फबाट पनि सिलगढीमा स्वामी विवेकानन्दको जन्म जयन्ती मनाइयो। तृणमूलका नेता गौतम देव, मदन भट्टाचार्य, राजु दास लगायत पार्टीका अन्य नेताहरूले आज जिल्ला कार्यालयमा स्वामी विवेकानन्दको तस्विरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *