दार्जिलिङ जिल्ला तृणमूलद्वारा आजदेखि पार्टीको झण्डा लगाउने कार्यक्रम शुरू

सिलगढी : आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर तृणमूलद्वारा पार्टीको झण्डा लगाउने कार्यक्रम आजदेखि शुरू गरियो। मोठ 299 वटा बुथहरूमा आज बिहानदेखि तृणमूल कांग्रेसद्वारा उक्त कार्यक्रम शुरू गरियो भने राज्यका पर्यटन मन्त्री गौतम देवले सबैभन्दा पहिला पार्टीको झण्डा लगाएर कार्यक्रमको शुभारम्भ गरे। प्रत्येक बुथमा 100 वटा पार्टीको झण्डा लगाइनेछ। यस अवसरमा मन्त्री गौतम देवले बताएअनुसार आजदेखि आफूहरू चुनाउ प्रचार शुरू गरेको साथै 299 वटा बुथहरूमा तृणमूल पार्टीको झण्डा लगाइनेछ। डाबग्राम 2 देखि आज आफूले उक्त कार्यक्रमको पहिलो चरणको प्रचार शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *