दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोषलाई पार्टी कार्यकर्ताहरूद्वारा संवर्द्धना

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेस एकल बहुमतको साथमा सत्तामा आएको छ। तृणमूल युवा कङ्ग्रेस तथा आईएनटीटीयुसी-को तर्फबाट आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोषलाई संवर्द्धना जनाइयो। बाघडुग्रामा आज पापिया घोषलाई फुलको गुच्छा प्रदान गरेर संवर्द्धना जनाइयो। यस अवसरमा पापिया घोषले तृणमूल नेत्री ममता ब्यानर्जीको अनुप्रेरणाले पार्टीका सबैले मिलेर काम गरेकोमा धेरै खुसी लागेको बताइन्। सिलगढी नगरनिगमपछि अब महकुमा परिषद पनि ममता ब्यानर्जीलाई सुम्पिदिइने युवा तृणमूल कङ्ग्रेस कर्मी सुब्रत सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *