दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले ल्यायो आफ्नै रिकभरी भ्यान

खरसाङ: दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पक्षबाट रिकभरी भ्यान चालकहरूको सुविधाको लागि ल्याएका छन्। सन् 1972 तिर स्थापना भएको दार्जिलिङ जिल्ला ट्रक मालिक संगठनमा योभन्दा पहिला रिकभरी भ्यान सिलगढीबाट ल्याउने गरिन्थ्यो भने सन् 2020 देखि पुन: संगठनलाई सुचारु रूपमा चलाउन शुरू गरेपछि हाल ट्रक चालकहरू र मालिकवर्गको सुविधाको लागि संगठनको आफ्नै रिकभरी भ्यान ल्याएको छ। आज संगठनको पक्षबाट खरसाङमा पुजा अर्चना गरेपछि अबदेखि रिकभरी भ्यान सञ्चालन गरिनेछ। यस विषयमा दार्जिलिङ ट्रक मालिक संगठनको सभापति मन्ना त्रिखत्रीले पत्ररकारहरूसित कुराकानी गर्दै दार्जिलिङ ट्रक मालिक संगठनको पक्षबाट रिकभरी भ्यान आफ्नै ल्याएको र यसबाट सबैलाई सहयोग हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes