दार्जिलिङ जिल्ला युवा कङ्ग्रेस-द्वारा सिलगढीमा विक्षोभ

सिलगढी : पेट्रोल डीजल, ग्यास सिलेन्डर लगायत नित्य प्रयोजनीय समानहरूको मूल्य वृद्धिले गर्दा मानिसहरू समस्यामा परेकोले यसको प्रतिवाद जनाउँदै विभिन्न राजनैतिक दल लगायत संगठनहरू सडकमा ओर्लिएको छ। यसै क्रममा आज दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले हातमा प्ला कार्ड बोकेर सिलगढीको हासमी चौकमा विक्षोभ प्रदर्शन गरे। यस अवसरमा दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका सभापति रोहित तिवारीले चाँडै आफूहरूको माग पुरा नगरेको खण्डमा राजधानी दिल्लीमा गएर वृहत् आन्दोलन गर्ने चेताउनी दिएको छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *