दार्जिलिङ जिल्ला युवा तृणमूल-द्वारा मेगा रक्तदान शिविरको आयोजना

बाघडुग्रा : रगतको संकट दूर गर्ने उद्देश्य लिएर दार्जिलिङ जिल्ला युवा तृणमूल कङ्ग्रेसले आज बाघडुग्राको बिहार मोडमा मेगा रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा जिल्लाको प्रत्येक बुथका बुथकर्मी, महिला, छात्र तथा युवाहरूले स्वेच्छाले रक्तदान गरे भने शिविरमा 1000 युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ। यस सम्बन्धमा युवा सभापति कुन्तल रायले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश तथा रगतको संकट दूर गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको हो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले बताएअनुसार रक्तदान शिविर एक प्रकारले मिलन मेलामा परिणत भयो। उक्त शिविरमा युवा तथा महिलाहरू सबैले स्वेच्छाले रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *