दार्जिलिङका वरिष्ठ नाट्यकर्मी खगेन्द्र मणि दीक्षितको निधनले शोकको माहौल

बिजनबारी : दार्जिलिङका एकजना वरिष्ठ नाट्यकर्मी खगेन्द्र मणि दीक्षितको हिजो बेलुकी उपचाराधीन अवस्थामा 81 वर्षको उमेरमा निधन भएपछि शोकको माहौल छाएको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार भोलि शुक्रबारको दिन पैतृक स्थल बिजनबारीमा नै तिनको अन्तिम संस्कार गरिने भएको छ। स्मरण रहोस्, 60 तथा 70-को दशकमा दार्जिलिङे नेपाली सिनेमा परालको आगोलगायत अन्य विभिन्न चर्चित नाटकहरूमा उत्कृष्ट अभिनय गरेर तिनी चर्चित बन्न पुगेका थिए। तिनले नेपाली नाट्य साथै चलचित्र क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानलाई कदर गर्दै जीटीए-ले यस वर्षको अगमसिंह गिरी पुरस्कारले तिनलाई सम्मान गरिने अगावै घोषणा गरिसकेको थियो भने आगामी 13 अप्रेल 2020-को दिन तिनलाई उक्त पुरस्कार प्रदान गरिने भएको थियो। तर अभाग्यवश उक्त पुरस्कार ग्रहण गर्न अगावै तिनलाई हृदय रोगको कारण दार्जिलिङको अस्पतालमा भर्ना गरेपछि उपचाराधीन अवस्थामा गत राति अन्तिम श्वास फेरे।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *