दार्जिलिङका विधायक निरज जिम्बाद्वारा प्रधानमन्त्रीलाई पत्राचार

सिलगढी: नयाँ मन्त्रीमण्डल विस्तार गरेकोमा देशका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले पत्राचार गरेका छन्। देशको इतिहासमा प्रथमपल्ट युवाहरुलाई मन्त्रीमण्डलमा सामेल गराएको र यस एतिहासिक पाइलाले देशको शासन प्रणालीमा नयाँ युगको शुरुआत भएको छ र यस कदमले बद्लिइँदो समयको आवश्यकतालाई पूरा गर्नेछ भन्ने कुरा उल्लेख गरेका छन्। यसको साथै तिनले लेखेको पत्रमा 2019 को लोकसभा चुनाउको संक्लप पत्र अनि 2021 को बंगाल विधान सभा चुनाउको संकल्प पत्रमा भाजपाले दार्जिलिङ पहाड, तराई अनि डुवर्सको निम्ति स्थायी राजनैतिक समाधानको कटिबद्ध जाहेर गरेको उल्लेख गरेका छन्। यसको साथै सांसद राजु बिष्टलाई मन्त्रीमण्डलमा समावेश नगराएकोमा असन्तुष्ट व्यक्त गरेका छन्। सांसद विष्टले कठोर मेहनत, परिश्रम, इमान्दारी अनि समर्पणले दार्जिलिङ जिल्लाको 5 वटा विधान सभा क्षेत्र रहेका सबै क्षेत्रमा जीत हासिल गरेको कुरालाई पनि पतिरमा स्मरण गराएका छन्। सांसद राजु बिष्ट एकजना गोर्खा भएको कारण अभिभावक बनेर देशका विभिन्न प्रान्तहरुमा बसोबास गर्ने भारतीय गोर्खाहरुले भोगिरहेका विभिन्न समस्याहरुको निम्ति निस्वार्थ भावनाले कार्य गरिरहेका छन् भनी विधायक जिम्बाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *