दार्जिलिङका विभिन्न गाउँ-समाजलाई खाद्य वितरण

दार्जिलिङ:  एड्वर्ड फाउण्डेसन अनि दार्जिलिङ इनोसेटिभले आफ्नो समाजिक सेवालाई निरन्तरता दिँदै दार्जिलिङ नगरपालिकाको विभिन्न गाउँ समाजहरुमा बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गर्ने कार्य जारी राखेको छ। यसैक्रममा, दार्जिलिङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 17-को महाकाल समाज , धोबी तल्ला समाज , अरुण कल्याण समाज , सिस्टर निभिदिता ग्राम समाज , अमर ज्योति ग्राम समाज , मंगल पुरी समाज, अनि नव ज्योति ग्राम समाजमा 110 बिपन्न एवं असहाय परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको वार्ड नम्वर 17 का स्थानीय निवासी पम्फा लामाले जानकारी दिएका छन् । यस्तो विकट परिस्थितिमा विभिन्न गाउँ समाजहरुमा आफ्नै खर्चमा बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिदिएकोमा 17 नम्बर वार्डमा रहेको सम्पुर्ण समाजको तर्फबाट पम्फा लामाले धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *