दार्जिलिङका चियाकमानहरूको बोनसबारे बैठक निष्कर्षविहीन, भोलि पुनः बैठक

दार्जिलिङ : दार्जिलिङ पहाडका चियाकमानहरूको दसैँको बोनसलाई लिएर आज दार्जिलिङमा सम्पन्न भर्चुअल मीटिङमा कुनै प्रकारको चुडान्त निर्णय हुन नसकेको बताइएको छ। चिया श्रमिक संगठन जोइन्ट फोरमका सदस्यहरूले 20 प्रतिशतको दरले बोनस दिनुपर्ने मागमा अडिग रहे तापनि चियाकमानका मालिक पक्षले केवल 18.50 प्रतिशतको दरले मात्र बोनस दिने दावी गरेपछि अन्तमा कुनै निष्कर्षविहीन आजको भर्चुअल मीटिङ समाप्त भयो। यसै विषयलाई लिएर भोलि आइतबार फेरि जोइन्ट फोरम अनि मालिक पक्षमाझमा बैठक हुने श्रमिक संगठन सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *