दार्जिलिङका चिया श्रमिकहरूको सोचनीय अवस्थालाई राष्ट्रिय स्तरमा उठाइदिने अजय एडवार्डसले गरे निवेदन

दार्जिलिङ (निसं): दार्जिलिङको जिमखाना हलमा अल इण्डिया प्लान्टेशन वर्कर्स फेडरेसनको दुई दिवसीय सर्वभारतीय सम्मेलन आजदेखि शुरू भयो। प्रथम दिनको सम्मेलनमा आज आयोजक समितिले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई पनि निम्त्याएको थियो। उक्त सम्मेलनलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दार्जिलिङ चियालाई खुनको उपनाम दिँदै दार्जिलिङ चिया चिया होइन, खून रहेको बताए। तिनले अझ भने, दार्जिलिङको धेरैवटा चिया बगानहरू गत केही दिन अघिसम्म बन्द अवस्थामा रहेको थियो। ती बन्द चिया बगानहरूमा हामीले हाम्रो क्षमता अनुरूप राहत सामग्रीहरू वितरण गर्ने काम गर्यौ। बिमारीहरूलाई दवाई, विद्यार्थीहरूको स्कूल फीस आदि तिर्ने काम पनि गरिदियौ। एक कप दार्जिलिङ चियाको मूल्य 250 रूपियाँ लिइन्छ तर दिनभरि तातो घाममा खाटेर चियाको मुना टिप्ने ती श्रमिकहरूको रोजी वर्तमान महँगाइको तुलनामा रतिभर पनि छैन, यो जस्तो दुखको कुरा अरू के हुन सक्छ।  आजदेखि दुई दिवसीय सर्व भारतीय सम्मेलन हुँदैछ अनि यस सम्मेलनमा अंश ग्रहण गर्नका लागि देशका विभिन्न राज्यबाट मान्यजनहरू आएका छन, तपाईहरूले दार्जिलिङ चिया श्रमिकहरूको यस्तो दुर्दशालाई राष्ट्रिय स्तरमा उठाई दिनु होस् भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले उपस्थित मान्यजनहरू समक्ष निवेदन गरे।  आफु दार्जिलिङको खाँटी रैथाने रहेको जानकारी गराउँदै मेरो बाजे बराजु पनि दार्जिलिङकै माटोमा जन्मेको हो अनि मेरो बाबा अनि म आफै साथै मेरो छोरा-छोरीहरू पनि दार्जिलिङकै माटोमा जन्मेको हो भनि एडवार्डसले बताए। दार्जिलिङ विश्व प्रसिद्ध स्थल हो, यहाँ देश -विदेशका मानिसहरू घुम्न आउने गर्छन्। दार्जिलिङ साच्चै नै स्वच्छ र सुन्दर छ। यहाँको हरियाली झार जंगलहरू, खोला नालाहरू देखेर घुम्न आएका पयर्टकहरू खुशी भएर रमाउने गर्छन्। यहाँको चियाको बुटटाहरू देखेर पयर्टकहरू दार्जिलिङ चिया भन्दै रमाउँछन् तर यी चिया बगानहरूमा काम गर्ने श्रमिकहरूको अवस्था साच्चै नै सोचनीय छ भन्दै यहाँका चिया श्रमिकहरूले भोग्दै आइरहेको समस्याहरूलाई राष्ट्रिय स्तरमा उठाइदिएर न्याय दिलाउनु होस् भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सबैसित अनुरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *