दार्जिलिङका डीएम एस पन्नमबलमको स्थानान्तरण, शशांक सेठी बने नयाँ डीएम 

सिलगढी : आउँदो  2021-को विधानसभा चुनाउ अगावै बंगाल सरकारले केही जिल्ला अधिकारीहरूको स्थानान्तरण गरिदिएको छ। केही जिल्लाका जिल्ला अधिकारीहरूलाई नयाँ जिम्मेवारी सुम्पिएको छ भने यसमा जलपाईगढी तथा दार्जिलिङ जिल्लाका जिल्ला अधिकारीहरू पनि सामेल छन्। मौमिता गोदारा बोसलाई जलपाईगढीको नयाँ डीएमको पदमा नियुक्त गरिएको छ भने जलपाईगढीका डीएम अभिषेक कुमारलाई उच्च शिक्षा विभागको संयुक्त सचिवको पदमा नियुक्त गरिएक छ। यसैगरी, दार्जिलिङका डीएम एस पन्नमबलमलाई स्थानन्तरण गरेर तिनको पदमा शशांक सेठीलाई नियुक्त गरिएको छ। स्मरण रहोस्, राज्यपाल जगदीप धनखड़को आहवानमा दार्जिलिङका डीएम एस पन्नमबलमले हिजो अपरान्ह दार्जिलिङको राजभवनमा जिल्ला पुलिस अधीक्षक डा. सन्तोष निम्बलकरसित बैठक गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *