दार्जिलिङका हर्षवर्धन शृङ्ला विदेश सचिव नियुक्त

दार्जिलिङ : दार्जिलिङका छोरो हर्षवर्धन शृङ्ला देशका नयाँ विदेश सचिव नियुक्त भएका छन्। प्राप्त जानकारीअनुसार आउँदो 29 जनवरीको दिन तिनले नयाँ विदेश सचिवको पदभार सम्हाल्ने छन्। तिनको कार्यकाल दुई वर्षको रहने छ। शृङ्लाले वर्तमान विदेश सचिव विजय गोखलेको पद लिनेछन्। 1984 ब्याजको भारतीय विदेश सेवा (आईएफएस)-का अधिकारी दार्जिलिङ हर्षवर्धन शृङ्ला हाल अमेरिकाका राजदूत हुन्। तिनलाई भारतका छिमेकी मामिलाका विशेषज्ञ मानिन्छ भने तिनले राजनयिक अधिकारीको रूपमा आफ्नो 35 वर्षको कार्यकालमा नयाँ दिल्ली तथा विदेशमा रहेर विभिन्न पदहरूमा सेवा पुर्‍याइसकेका छन्। यसभन्दा अघि तिनी थाइल्याण्डमा भारतका राजदूत अनि बङ्ग्लादेशमा भारतका उच्च आयुक्त रहिसकेका छन्। यसबाहेक फ्रान्स, भेयतनाम, इज्राइल, दक्षिण अफ्रिका आदि देशहरूमा पनि तिनले सेवा पुर्‍याइसकेका छन्। सरकारी जारी गरिएको एउटा आदेशमा तिनले आगामी 28 जनवरीको दिन वर्तमान विदेश सचिव विजय गोखलेको कार्यकाल पुरा भएपछि 29 जनवरीदेखि आफ्नो नयाँ पदभार ग्रहण गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *