दार्जिलिङका कलाकारहरूद्वारा अनलाइन इभेन्ट शुरू

दार्जिलिङ : दार्जिलिङको एन्जल्स् स्टुडियो अनि ग्लेनरिसको संयुक्त प्रयासमा दार्जिलिङका कलाकारहरूलाई लिएर अनलाइन इभेन्ट शुरू गरिएको छ। विशेष गरेर कोरोनाको महामारीपछि लकडाउनले गर्दा दार्जिलिङका प्राय सबैजसो कलाकारहरूले विविध समस्याहरू भोग्न परिरहेको कुरालाई ध्यानमा राखेर नै अनलाइन इभेन्ट शुरू गरिएको छ भने यसको निम्ति अनलाइन पेमेन्टको व्यवस्था गरिएको छ। उक्त इभेन्टमा दार्जिलिङका विभिन्न वेस्टन अनि ईस्टर्न ब्यान्डका कलाकारहरूलाई समावेश गरिएको एन्जल्स् ब्यान्डका प्रज्ञा लामाले जानकारी दिएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *