दार्जिलिङका पूर्व सांसद दावा लामा अब रहेनन्

दार्जिलिङ: दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टि निवासी पूर्व मन्त्री एवम् सांसद दावा लामा अब रहेनन्। दार्जिलिङको सिंहमारीस्थित जेठी छोरीको बासगृहमा हिज सोमबार राति 10 बजेर 40 मिनटमा तिनको निधन भएको पारिवारिक सूत्रमार्फत थाहा लागेको छ। आज मंगलबार दिउँसो तिनको पार्थिव शरीर चुङथुङ लोवर तिनकै बासस्थानमा लगियो भने भोलि 5 अप्रेलको दिन अन्तिम संस्कार गरिने भएको जानकारी प्राप्त भएको छ।


तिनको निधनले केवल चुङथुङ मेरीबुङ तामसाङ समष्टिलाई मात्र नभएर सम्पूर्ण दार्जिलिङ पहाड क्षेत्रलाई नै ठूलो क्षति पुगेको छ। तिनको निधनमा गहिरो शोक व्यक्त गर्दै विभिन्न राजनीतिक पार्टीका शिर्ष नेताहरूले शोक समवेदना प्रकट गरेका छन्। स्मरण रहोस, दिवङ्गत दावा लामा दार्जिलिङ पहाडका एकजना वरिष्ट राजनीतिज्ञ हुनको साथै दार्जिलिङ लोकसभा आसनबाट सांसद अनि मन्त्री पदमा पनि आसिन थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *