दार्जिलिङका सुन व्यापारी प्रदीप ओझाको हत्याको आरोपमा अझ 2 जना महाराष्ट्रबाट पक्राउ

दार्जिलिङ (निसं): दार्जिलिङका सुन दोकानका व्यापारी प्रदीप ओझाको हत्यामा संलग्न रहेको आरोपमा सचिन देशमुख (42) र गौतम प्रकाश माली ओझा (22) लाई पुलिसले महाराष्ट्रबाट पक्राउ गरेपछि आज दार्जिलिङ ल्याइपुऱ्याएको छ। दार्जिलिङका अतिरिक्त पुलिस अधिकक्षक गणपति कुँवरले आज पत्रकारहरूलाई दिएको जानकारी अनुसार गत केही दिन अघि भएको दार्जिलिङका सुन व्यापारी प्रदीप ओझाको हत्या आरोपीहरू दुईजनालाई महाराष्ट्रबाट पक्राउ गरेर आज दार्जिलिङ ल्याइ पुऱ्याइएको छ। उक्त सुन व्यवसायीको अस्वाभाविक मृत्यु भएको थियो भने उक्त घटनाको पुलिसले जाँच गरिरहेको थियो। यसैक्रममा छानबिन अवधि केही दिन अघि मात्र महाराष्ट्रबाट नितिन काले (37) र अशुतोष ऐकर (27)लाई पक्राउ गरेपछि पुलिसले तिनीहरूलाई सोधखोज गर्दा हत्याको आरोपमा सचिन देशमुख र गौतम प्रकाश माली ओझाको नाम अघि आएपछि तिनीहरूलाई पक्राउ गरिएको पुलिसले जनाएको छ। दार्जिलिङका सुन व्यापारी प्रदीप ओझाको हत्याको प्रमुख कारण पक्रा परेका आरोपीहरूले सुनका गर-गहनाहरू चारी गर्ने योजना रहेको थियो भनि बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *