दार्जीलिङका युवतीको सिलगढीमा झुण्डिएको अवस्थामा शव उद्धार, मृतक परिवारले लगायो हत्याको आरोप

सिलगढी, 19 अक्टोबर: सिलगढीको मिलनपल्लीको एउटा नर्सिङ होमकी नर्सको रहस्यमय रूपमा झुण्डिएको शव फेला परेपछि सनसनी फैलिएको छ। मृतकको नाम अर्चना थापा हो। उनी दार्जिलिङ निवासी थिइन्। युवतीले आत्महत्या नगरेको तर तिनको हत्या गरिएको हो भन्ने मृतकको परिवारले दावी गरेको छ।
प्राप्त जानकारी अनुसार, सिलगढीको मिलनपल्ली इलाकाको एउटा घरमा नर्सिङ होमका नर्सहरू बस्दै आइरहेका छन्। गत राति त्यो घरमा एकजना नर्सको झुण्डिएको शव फेला परेको छ। उक्त घटनाबारे थाहा पाउन साथ इलाकामा सनसनी फैलियो। स्थानीय मानिसहरूको भनाई अनुसार अबेर रातिसम्म त्यो घरमा धेरै जना मानिसहरूले आउजाउ गर्छन्। यसको साथै त्यहाँ बस्ने मानिसहरूको सही जानकारी पनि घरका मालिकसँग छैन।
घटनापछि, नर्सिङ होमको तर्फबाट नर्सको शव लैजाने प्रयास गर्दा स्थानीय मानिसहरूले रोक लगाए। त्यसपछि पुलिसले घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेर शवलाई अस्पताल लगेर गए।
खबर पाएपछि आज मृतकको परिवारका सदस्यहरू दार्जिलिङबाट सिलगढी जिल्ला अस्पतालमा आइपुगे। मृतकका परिवारका सदस्यहरूले छोरीले आत्महत्या गरेको होइन तर उनलाई हत्या गरिएको आशंका व्यक्त गरेका छन्। यसको साथै मृतकको शरीरमा धेरै ठाउँमा चोटको चिन्ह रहेको दावी गर्दै, उनीहरूले न्यायको माग गरेका छन्। उक्त घटनालाई लिएर हत्या गरेको आरोप लगाउँदै थानामा अभियोग दर्ता गर्ने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes