दार्जिलिङका पूर्व सांसदको निधनमा मुख्यमन्त्री तथा सांसद्वारा शोक प्रकट

दार्जिलिङका पूर्व सांसद तथा पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको आज 82 वर्षको उमेरमा निधन भयो। तिनको निधनमा बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा दार्जिलिङका वर्तमान सांसद राजु विष्टले ट्वीटमार्फत् शोक समवेदना प्रकट गरेका छन्। जसवन्त सिंह धेरै समय अघिदेखि बिरामी अवस्थामा थिए भने आज बिहान 6 बजेर 55 मिनटमा तिनले अन्तिम श्वास लिए। तिनको निधनले राजनैतिक माहौलमा शोकको लहर छाएको छ। जसवन्त सिंहले भारतको रक्षा मन्त्री, वित्तमन्त्री र विदेशमन्त्री रूपमा कार्यभार सम्हालेका थिए भने सन् 2009-2014 सम्म दार्जिलिङका सांसदको रूपमा कार्यभार सम्हालेका थिए। अगस्त 2009-मा जसवंत सिंहले आफ्नो पुस्तक जिन्नाः भारत विभाजन और स्वतंत्रता–मा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको प्रशंसा गरेकोमा तिनलाई भाजपा-बाट निष्कासित गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *