दार्जिलिङको बन्द कञ्चनभ्यु चियाकमान 7 मईदेखि खोलिने

सिलगढी : दार्जिलिङको हाल बन्द अवस्थामा रहेको कञ्चनभ्यु चियाकमान खोल्नेबारे आज एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। सिलगढीको डागापुरस्थित श्रमिक भवनमा एडिसनल लेबर कमिश्नर उत्तर बंगाल जोनका मोहम्मद रिजवानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा चियाकमानबारे धेरै चर्चा परिचर्चा गरेपछि अन्तमा आगामी 7 मईको दिनदेखि चियाकमान खोल्नेबारे मालिक पक्षले सहमति जनाए।


यसैले अब 7 मईदेखि उक्त चियाकमान खोलिने निश्चित भएको छ। बैठकमा चियाश्रमिक तथा स्टाफहरूको बकाया वेतन 8 मईको दिन वितरण गरिने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *