दार्जिलिङको विभिन्न ठाउँहरू हिमपात, पर्यटकहरू खुसी

दार्जिलिङ : वर्षको अन्तिम समयमा दार्जिलिङको विभिन्न ठाउँहरू लगायत सन्दकफू, फालुट, टाइगर हिल, घुम, तीन माइल तथा भारत-नेपाल सिमाना क्षेत्रको अधिकांश ठाउँहरूमा गत रातिदेखि नै अत्यधिक रूपमा हिमपात भएको छ। हिमपात हुनसाथ यी क्षेत्रहरूको तापक्रम घटेर अधिक चिसो भएको छ भने विशेष गरेर हाल देशका विभिन्न ठाउँहरूबाट घुम्न आउने पर्यटकहरूसँगै स्थानीय मानिसहरूले पनि हिउँको आनन्द लिइरहेका छन्।


गत केही वर्षपछि दार्जिलिङ सहरको संलग्न क्षेत्रहरूमा हिमपात परेकोले गर्दा विशेष गरेर पर्यटकहरूले यसको मज्जा उठाइरहेका छन्। हिउँ परेपछि दार्जिलिङ सहरको संलग्न क्षेत्रहरू हिउँले ढाकेर सेताम्मे देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *