दार्जिलिङको चौरास्तालाई अझ सुन्दरीकरण गर्नको लागि हाई माक्स-को शिलान्यास

दार्जिलिङ : दार्जिलिङको चौरास्तालाई अझ सुन्दर पार्ने उद्देश्य लिएर दार्जिलिङ नगरपालिकाले हाई माक्स उर्फ फट लाइट लगाउने भएको छ। दार्जिलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाको बाहुलीद्वारा आज दार्जिलिङको पवित्र तीर्थ स्थान महाकाल मन्दिर परिसरमा भूमि पुजा गरियो। यस अवसरमा दार्जिलिङ नगरपालिकाको नगरपार्षद विष्णु मल्ल, महाकाल पुजा कमिटीका कार्यकर्ताहरू पनि उपस्थित थिए। दार्जिलिङ एउटा पयर्टन स्थल भएको हुनाले यहाँ देश-विदेशबाट पयर्टकहरू घुम्न आउने गर्छन्। दार्जिलिङ घुम्न आएका पयर्टकहरूले यहाँको पर्यटक स्थलहरू क्रमैले माल रोड, चौरास्ता आदि ठाउँ अवश्यै घुम्ने गर्छन्। प्राकृतिक सुन्दरता रहेको चौरास्ता र माल रोडलाई अझ सुन्दर बनाउन अब दार्जिलिङ नगरपालिकाले फट लाइट लगाउने भएको छ भने यसको लागि आज शिलान्यास गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *