दार्जिलिङको चौरस्तामा भानुभक्तको 207औँ जन्म जयन्ती पालन

दार्जिलिङ : आदि कवि भानुभक्त आचार्यको 207औँ जन्म जयन्ती दार्जिलिङको चौरस्ता परिसरमा आज पालन गरियो। जीटीएको सूचना अनि संस्कृति विभागको आयोजनामा सम्पन्न गरिएको भानुजयन्ती कार्यक्रममा राज्यका जनजाति कल्याण मन्त्री बुलुचिक बराइक प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अन्य अतिथिहरूमा जीटीएका प्रशासक सचिव सुरेन्द्र गुप्ता, पूर्व जीटीए प्रशासक तथा गोजमुमो महासचिव अनित थापा, सिलगढी नगरनिगमका अध्यक्ष गौतम देव लगायत विभिन्न विभागीय पदाधिकारीगण तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कोरोनाको प्रोटोकललाई पालन गर्दै आज बिहान दार्जिलिङको चौरस्तास्थित भानुभक्त आचार्यको सालिगमा प्रमुख अतिथि तथा अन्य अतिथिहरूद्वारा माल्यार्पण साथै पुष्प अर्पण गरेर भानुभक्त आचार्यलाई स्मरण गर्दै श्रद्धाञ्जलि चढाइयो। यस अवसरमा रामायण पाठ लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *