दार्जिलिङको चुङथुङ 86 चन्द्रपालधुराका विनय सुब्बाको घर जलेर स्वाहा

दार्जिलिङ (निसं) : दार्जिलिङको चुङथुङ अन्तर्गत 86 चन्द्रपालधुरा निवासी विनय सुब्बाको घरमा गत राति आगालागी हुँदा घर जलेर स्वाहा भएको छ। उक्त घटना के कारणले भयो, सो स्पष्ट नभएको तर घटनाको समय घरमा कोही पनि थिएनन्। उक्त घटनामा अहिलेसम्म कसैलाई कुनै प्रकारको चोट-पटक तथा मानव क्षति नभएको थाहा लागेको छ।


तर उक्त आगलागीमा घर लगायत सबै सर-समान भने जलेर पूर्ण रूपले स्वाहा भएको छ। उक्त घटनाको खबर पाउन साथ क्षेत्रीय सभासद सन्दिप छेत्रीले घटनास्थलको निरीक्षण गर्न पुगेका थिए। तिनले आफ्नो तर्फबाट अनि जीटीएको पक्षबाट हुनसक्ने सक्दो सहयोग गरिदिने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *