दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा समावेशी साहित्य सम्मेलन 2022 सम्पन्न

दार्जिलिङ (निसं) : दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा समावेशी साहित्य सम्मेलन 2022 सम्पन्न भयो। उक्त कार्यक्रम कथाकार, पत्रकार एवम् समावेशी समूहका वरिष्ठ स्रष्टा प्रकाश हाङखिमको अध्यक्षता र टीआर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो। सञ्जीव छेत्री र सपन प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत गीत एवम् सरस्वती बन्दना गायक अनिल फागोले प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत नृत्यको रूपमा नक्सलबारी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले लोक नृत्य प्रस्तुत गरे। कार्यक्रममा स्वागत सम्भाषण समावेशी साहित्य सम्मिलन कार्यक्रमको संयोजक डा. बासु थापा पुलामीले राख्दै कार्यक्रमको उद्देश्य र औचित्य विषयमा बताए। तिनले समावेशी अवधारणाको लेखन, पृष्ठभूमि, यसको स्थापना र यसको विभिन्न कार्यक्रमहरू विषयमा बताए। यसै कार्यक्रमको पहिलो सत्रमा कविहरू क्रमैले उदय थुलुङ, अबीर खालिङ, शरण मुस्कान, हनोक थापा, श्रवणकुमार प्रधान आदिले कविताहरू वाचन गरे।

यसै सत्रमा समकालीन सन्दर्भ र समावेशी कविताविषयमा विमर्श कार्यक्रम सम्पन्न भयो। उक्त विमर्शमा नेपालका कविद्वय सुन्दर कुरुप र प्रकाश थाम्सुहाङ अनि समावेशी अवधारणाको स्रष्टाद्वय कवि ज्ञानेन्द्र याक्सो र कथाकार सुरज धड्कनले सहभागिता जनाएका थिए भने उक्त विमर्शमा सहजकर्ताको रूपमा निरज थापा उपस्थित थिए। कार्यक्रमको दोस्रो सत्रमा कविहरू क्रमैले भुपेन्द्र सुब्बा, ज्ञानेन्द्र याक्सो, निर्मल तामाङ, विनोद रसाइली, कर्ण विरह आदिले कविताहरू पठन गरे। यसै सत्रमा आख्यान र आख्यानकार‘  अन्तर्गत आख्यानबारे चर्चा कार्यक्रम सम्पन्न गरियो। यस चर्चामा सञ्जय विष्ट, छुदेन काविमो, उदय थुलुङ र मुनराज सापकोटाले सहभागिता जनाएका थिए भने यस चर्चामा प्राध्यापक बलराम सापकोटा सहजकर्ताको रूपमा उपस्थित थिए। समावेशी साहित्य सम्मिलन कार्यक्रमको तेस्रो सत्रमा नेपालबाट आएका कविहरू क्रमैले चन्द्र गुरुङ, मुनराज सेरमा, सुन्दर कुरुप, प्रकाश थाम्सुहाङ, सुदीप पाख्रीन, विवस बलिभद्र कोइराला आदिले कविताहरू वाचन गरे। यसको साथै कार्यक्रममा गायकहरू अनिल फागो अनि सौरभ मधुर राईले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे। समावेशी साहित्य सम्मेलन कार्यक्रमको अन्तिम सत्रमा नेपाली नाटक र सिनेमा विषयमा विषयमा विमर्श गरिएको थियो जसमा शान्तिला तामाङ, आदित्य राया र चन्तल थापाले सहभागिता जनाएका थिए भने सहजकर्ताको रूपमा प्राध्यापक कुशल घिमिरे उपस्थित थिए। कार्यक्रममा साउथफिल्ड कलेजका विद्यार्थीहरूले लोक नृत्य प्रस्तुत गरे। कार्यक्रममा धन्यवाद ज्ञापन डा. योगेस पन्तले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes