दार्जिलिङको गोर्खा रङ्गमञ्च भवन अघि तीनदिने गोर्खा सांस्कृतिक माघे उत्सव आजदेखि आरम्भ

दार्जिलिङ: दार्जिलिङको गोर्खा रङ्गमञ्च भवन अघिल्तिर तीन दिने गोर्खा सांस्कृतिक माघे उत्सव आजदेखि आरम्भ भयो। पहिलो दिन यस उत्सवको विधिवत उद्घाटन मुख्य अतिथिका रुपमा उपस्थित जीटीए सूचना एवम् सांस्कृतिक विभाग अनि सिंचाइ एवम् जलमार्ग विभागका कार्यकारी सभासद अनोश थापाले गरे। यस अवधि विशिष्ट अतिथिका रुपमा जीटीएका पीआरओ एसपी शर्मा, भागोप्रमो केन्द्रीय सदस्यद्वय दावा लामा अनि तिलक देवान पनि उपस्थित थिए।


आयोजक उत्सव समितिको अगुवाईमा मुख्य अतिथि अनोश थापा लगायत अन्य अतिथिहरुले मेलामा स्थानीय स्वनिर्भर समूहहरुद्वारा लगाइएका सांस्कृतिक सामाग्री अनि जतीय परिकारका स्टलहरुको निरीक्षण पनि गरे। आजदेखि शुरु भएको उत्सव 14 जनवरीमा समापन हुनेछ भने भोलि जीटीए प्रमुख कार्यपाल अनित थापा अनि पर्सी अर्थात शनिवार अन्तिम दिनको समापन कार्यक्रममा जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान मुख्य अतिथिका रुपमा उपस्थित रहने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *