दार्जिलिङको जन बहुल क्षेत्रबाट हिमालयन कालो भालु उद्धार

दार्जिलिङ: दार्जिलिङको टिबेटन शरणार्थी सेन्टर, भीभीए स्कूल क्षेत्रमा हिमालयन कालो भालु देखा परेको थियो। उक्त हिमालयन कालो भालुलाई जोरबङ्ग्लो वाईल्ड लाइफ फरेस्ट डिभिजनद्वारा उद्धार गरिएको जानकारी प्राप्त भएको छ। रेञ्ज अफिसर स्वपन हिङमाङले दार्जिलिङमा भालु उद्धार गरेको विषयमा भने, गत दुई हप्तादेखि हामीले लगातार सक्रिय रूपमा उक्त भालुमाथि नजर राखिरहेको साथै भालु निस्कने उक्त क्षेत्रहरूमा लगातार निरीक्षण गर्दै जाल पनि बिछ्याएको थियौँ। उक्त क्षेत्रमा लगातार रूपमा नजर राखिरहेकोले अन्त्यमा भालुलाई पक्रिन वन विभाग सफल भएको बताउँदै तिनले खुशी व्यक्त गरे।  जन बहुल क्षेत्रबाट भालुलाई उद्धार गरेपछि उपचार गरेर उक्त भालुलाई जङ्गलमा छोड़िदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *