दार्जिलिङको लाल कोठीमा 74औँ स्वतन्त्रता दिवस पालन

दार्जिलिङ : अन्य ठाउँहरूमा झैँ यता दार्जिलिङमा पनि 74औँ स्वतन्त्रता दिवस पालन गरियो। जीटीए चेयरम्यान अनित थापाले दार्जिलिङको लालकोठीमा राष्ट्रिय झण्डा उत्तोलन गरेर 74औँ स्वाधीनता दिवस पालन गरियो। यसको साथै स्वतन्त्रता संग्रामीहरूले देशलाई स्वाधीन गर्नको निम्ति पुर्‍याएको अमल्य योगदानको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा उच्च अधिकारीहरू लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *