दार्जिलिङको लोअर राजबारी युवा क्लबलाई विधायक निरज जिम्बाद्वारा सहयोग

दार्जिलिङ: लोअर राजबारी क्लबका युवाहरूले विधायक निरज जिम्बालाई फोनमार्फत कोभिड 19-को संक्रमणसँग लड्न विभिन्न सामग्रीहरूको सहयोगको अपील गरे वापत् विधायक जिम्बाले तत्कालै दार्जिलिङको गोरामुमो केन्द्रीय कार्यालयमा विभिन्न सामाग्रीहरु क्लबका सदस्यहरुलाई हस्तान्तरण गरे। तिनले सेनेटाइजर मशीन, हाइपोक्लोराइड सलुसन,   क्लिनिकल मास्क, हातमा लगाउने सेनेटाइजर, पञ्जा, टाउकोमा लगाउने क्यापपीपीई किट्स, भ्यापर मशिन, अक्सिमिटर आदि सामाग्रीहरु प्रदान गरे। लोअर राजबारी क्लबका सदस्यहरुले यस सहयोगको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङ साथै विधायक निरज जिम्बालाई आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *