दार्जिलिङको महाकाल बाबा मन्दिरमा शिवको पुजा गरे राजनैतिक नेताहरूले

दार्जिलिङ : आज शिवरात्रि पुजाको अवसरमा दार्जिलिङको चौरस्तास्थित महाकाल बाबाको मन्दिरमा पनि भक्तजनहरूको बिहानैदेखि भीड लागेको देखियो। देशको विभिन्न ठाउँहरू लगायत स्थानीय मानिसहरू भगवान शिवको पुजा अर्चना गर्न साथै शिव लिङ्गमा दुध चढाउनको निम्ति महाकाल बाबाको मन्दिरमा बिहानको लगभग 3 बजीदेखि नै घुइँचो लाग्न थालेको बताइएको छ। महाकाल बाबा मन्दिरमा आज पुजा अर्चना गर्न दार्जिलिङका केही शीर्ष राजनैतिक नेताहरू पुगेका थिए। जीटीएका चेयरम्यान अनित थापाले पनि आज बिहान महाकाल बाबा मन्दिरमा गएर भगवान शिवको पुजा अर्चना गरे।


 

यसैगरी, दार्जिलिङका सांसद राजु विष्ट, विधायक निरज जिम्बालगायत अन्य राजनैतिक दलका केही शीर्ष नेताहरूले पनि महाकाल बाबा मन्दिरमा आज बिहान भगवान शिवको पुजापाठ गर्नको साथै शिवलिङ्गमा दुध चढाए। भक्तजनहरूलाई पुजा गर्नमा कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर आयोजक समितिले विगत 2003 देखि नै प्रत्येक वर्ष शिवरात्रिको दिन उचित व्यवस्था मिलाउँदै आइरहेको छ। महाकाल बाबा मन्दिरमा भगवान शिवको पुजा गर्न प्रथमपल्ट आएका एकजना पर्यटकले बताएअनुसार तिनलाई दार्जिलिङको उक्त महाकाल बाबाको मन्दिरको दर्शन गरेर धेरै आत्मशान्ति मिलेको साथै यहाँका मानिसहरू खुबै मिलनसार तथा सहयोगी रहेको जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *