दार्जिलिङको माल रोडबाट दोकानहरू हटाइ दिएकोमा स्वागत जनाउँदै विद्यार्थीहरूले निकाले रेली

दार्जिलिङ (निसं): दार्जिलिङको प्रमुख पर्यटक स्थल मानिने चौरास्ता परिसरको मल रोडमा रहेका सबै दोकान-पाटहरूलाई दार्जिलिङ नगरपालिकाले हटाइदिए पछि यसको स्वागत जनाउँदै आज दिउँसो चौरास्ता एरियामा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरूले प्ला कार्ड बोकेर एउटा रेली निकाले। वास्तवमा दार्जिलिङमा जी 20-का प्रतिनिधिहरूले भ्रमण गर्ने भएको कुरालाई ध्यानमा राखेर यहाँबाट केही दिनका लागि भनेर दोकान-पाटहरू हटाएको थियो। नगरपालिकाको उक्त पहललाई स्थानीय मनिसहरूले स्वागत जनाउँदै यहाँबाट दोकानहरू सधैंको निम्ति हटाइनु पर्ने बताएका छन्। स्थानीय मानिसहरूको मागलाई स्वागत अनि समर्थन जनाउँदै आज स्थानीय कलेज तथा स्कुलका विद्यार्थीहरू भेला भएर एउटा रेली निकाले।


तिनीहरूको भनाई अनुसार दार्जिलिङको चौरास्ता केवल स्थानीय मानिसहरूका निम्ति मात्र नभएर यहाँ देश-विदेशबाट दिनहुँ जसो हजारौका संख्यामा पर्यटकहरू घुम्न आउने गर्छन्, यसैले यहाँ सफा- सुन्दर अनि दोकानविहिन राखिनु अति आवश्यक छ। जता-ततै दोकान-पाटहरू राखिएकोले गर्दा मानिसहरूलाई हिडडुल गर्न असुविधा हुने गरेको साथै मल रोड मैला पनि हुने गरेको स्थानीय कलेजका विद्यार्थीहरूको भनाई रहेको छ। अर्कोतिर, दार्जिलिङ नगर पालिकाले ती दोकानहरू अन्यत्र सारिनेबारे सम्बन्धित दोकानेहरूसित बैठक गर्ने भएको बताइएको छ। तथापि केही दोकानेहरूले मल रोड परिसरमा फेरि आजदेखि नयाँ दोकान–पाट थाप्न शुरू गरेका छन् भने यहाँ लगभग 90 वटा दोकानहरू रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *