दार्जिलिङको पद्माजा नायडू हिमालयन जुलोजिकल पार्कमा जन्मियो हिउँ चितुवाका 5 वटा बच्चा

दार्जिलिङ (निसं): दार्जिलिङको चिडियाखाना अर्थात पद्माजा नायडू हिमालयन जुलोजिकल पार्कमा हिउँ चितुवाका पाँचवटा नयाँ बच्चाहरू जन्मिएको छ। सम्बन्धित पार्कको कर्तृपक्षले दिएको जानकारी अनुसार एक महिनाअघि 11 वर्षकी आमा दुर्लभ हिउँ चितुवाले बिहान 2 वटा अनि अपरान्ह फेरि 3 वटा गरेर मोठ 5 वटा शावकलाई जन्म दिएको छ। हाल पद्माजा नायडू हिमालयन जुलोजिकल पार्कमा हिउँ चितुवाको जनसंख्या बढेर 14 पुगेका छन्। ती शावकहरू अहिले एक महिनाको भइसकेका छन् भने तिनीहरुको स्वास्थ्य राम्रो रहेको चिडियाखाना प्रशासनले जनाएको छ। स्मरण रहोस, सन् 1958 मा स्थापना भएको दार्जिलिङको PNHZP अर्थात पद्माजा नायडू हिमालयन जुलोजिकल पार्कले रेड पाण्डा, तिब्बती ब्वाँसो, निलो भेडा, हिमालयन थार लगायत लोपोन्मुख रहेका हिमालयन प्रजातिका पशुहरूको बन्दी प्रजननमा पनि राम्रो कार्य गर्दै आइरहेको छ। यसवाहेक, हालै त्यहाँ 6 वटा मार्कोर पनि जन्मिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *