दार्जिलिङको पत्ताबोङमा पहिरोले एकजनाको मृत्यु, घर क्षतिग्रस्त

दार्जिलिङ (निसं): लगातार रूपमा परिरहेको मुसलधारे पानीको कारण दार्जिलिङको सोम-तकभर समष्टि अन्तर्गत पत्ताबोङको डाँडा गाउँमा 59 वर्षीय बाबुलाल राईको पहिरोले पुरिएर मृत्यु भएको छ भने घर पनि क्षतिग्रस्त बनाइदिएको छ। उक्त घटनाको जानकारी पाएपछि भागोप्रमो दार्जिलिङ महकुमा समिति अध्यक्ष एवम् सोम-तकभर समष्टि प्रभारी आलोक कान्तमणि थुलुङ घटनाको विवरण लिन घटनास्थलमा पुगेका थिए। यसको साथै फायर ब्रिगेडको राहत टोली पनि घटना स्थलमा पुगेर पहिरो मुनि दबिएको बाबुलाल राईको शव उद्धार गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *