दार्जिलिङको पत्ताबुङ जाने मूल सडकमा पहिरो, बिमल खेमाद्वारा सफाई कार्य जारी

दार्जिलिङ: दार्जिलिङको टकभर समष्टि अन्तर्गत पत्ताबुङ कमानलाई बजार क्षेत्रसँग जोड्ने मूल सडक हिजो बेलुकीदेखि अविरल रुपमा परेको मुसलधारे पानीले पहिरो गएर भत्किएको छ। यहाँको रमिते गोलाईमा झरेको उक्त पहिरोले सडक मार्ग बाधित बनेको छ। पहिरोले सडक अवरोध गरेको जानकारी पाउन साथ गोजमुमो अध्यक्ष बिमल गुरुङ एउटा टोलीलाई साथमा लिएर उक्त पहिरो ग्रस्त क्षेत्रमा पुगेर सडक खोलाउन लागी परेको छ। पहिरो निक्कै ठूलो भएकोले डोजरको सहयोगमा हालसम्म सानो गाडी हिँड्न सक्ने बाटो खोल्ने काम भइसकेको बताइएको छ। सडक सफा गर्ने कार्यमा पत्ताबुङ स्यान्डिकेटका चालकहरुले पनि सहयोग पुऱ्याइरहेका छन्। अविरल वर्षाको कारण यसको वरिपरिका घर छेउछाउमा अझै पनि धस्किन सक्ने सम्भावना रहेको कारण अध्यक्ष बिमल गुरुङले ती परिवारका सदस्यहरूलाई तारपोलिन पनि वितरण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *