दार्जिलिङको रक्उड क्षेत्रमा सेनिटाइज

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि दार्जिलिङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरुमा जनचेतनामूलक कार्यहरू गर्नको साथै लगातार सेनिटाइज गरिने कार्य तथा मास्क वितरण गरिरहेको छ। यसै क्रममा विधयाक निरज जिम्बाको सहयोगमा तिनको टोलीले दार्जिलिङ नगर पालिकाको वार्ड नम्बर 16 अन्तर्गत रक्उड क्षेत्रमा व्यापक सेनिटाइज गरियो। गोरामुमो जनचेतना सङ्घर्ष समितिका सदस्य तथा 16 नम्बर वार्डका वासिन्दा रिता तामाङ र द्रोणा गुरुङले सेनिटाइज गरिदिएकोमा पार्टी अध्यक्ष मन घिसिङ तथा विधायक निरज जिम्बा अनि तिनको टोलीलाई आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *