दार्जिलिङका सांसद राजु विष्टले माकपा नेता अशोक भट्टाचार्यसित गरे भेट

सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले आज बिहान माकपाका वरिष्ट नेता तथा सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यसित भेट गरे। यस भेट अवधि सांसद विष्टले आशोक भट्टाचार्यको दिवंगत पत्नीप्रति शोक समवेदना प्रकट गरे। यस अवसरमा सिलगढीका विधायक शंकर घोष र डाबग्राम-फुलबारीका विधायिका शिखा च्याटर्जी पनि उपस्थित थिए। अशोक भट्टाचार्यलाई भेटेर तिनको घर बाहिर निस्केपछि पत्रकारहरूसितको कुराकानीमा सांसद राजु विष्टले पश्चिम बंगालको चार निर्वाचन क्षेत्रमा हालै भएको उप चुनाउमा तृणमूल कङ्ग्रेसको सन्त्रासको जीत भएको बताए। तिनले भने, 1 लाख 80 हजार भोटले विधायक चुनाउ जित्नु कदापि सम्भव छैन। यसले नै बंगालको सत्तारूढ पार्टीले अगणतान्त्रिक पद्धतिले छापा भोट हालेर मात्र चुनाउ जितेको कुरा स्पष्ट हुन्छ। उप चुनाउमा भएको हारले भाजपालाई कुनै प्रकारको नोक्सान नहुने पनि तिनले दावी गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *