दार्जिलिङको सिङला चिया कमान 6 फरवरीदेखि खोलिने

दार्जिलिङ: दार्जिलिङको हाल बन्द अवस्थामा रहेको सिङला चिया कमान (नर्थ तकभर) आउँदो 6 फरवरीदेखि आधिकारिक रूपमा खोलिने भएको छ। यसबारे गोजमुमो-को श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनका अध्यक्ष सुरज सुब्बाले जानकारी गराएका छन्। तिनले दिएको जानकारी अनुसार, विगत 2020 फरवरीदेखि बन्द अवस्थामा रहेको सिङ्ला कमानबारे सिलगढीमा बसेको सभामा मालिक पक्षले सशर्त खोल्ने निर्णय लिएको छ। कमान बन्द भए यताको सम्पूर्ण हाजिरा लगायत विभिन्न साहुलियत प्रदान गर्न मालिकपक्ष राजी भएको जानकारी गराउँदै आउँदो 6 फरवरीदेखि विधिवत पुजा अर्चनाको साथमा कमान खोलिने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *