दार्जिलिङको सिङलामा 150 परिवारलाई खाद्य सामग्रीहरू वितरण

दार्जिलिङ: विधायक निरज जिम्बाले आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्दै दार्जिलिङको शान्ति बस्ती सिङलामा खाद्य सामग्रीहरू वितरण गरेको गोरामुमो सिंहमारी समष्टि सभापति प्रत्युम सुब्बाले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार सिङ्ला चियाबारी साथै शान्ति बस्तीमा विपन्न परिवारहरुको निम्ति विधायक जिम्बालाई सूचना दिएपछि तिनले 150 घर परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेका हुन्। स्मरण रहोस, दार्जिलिङको शान्ति बस्तीमा सिङला चियाबारीमा कार्यरत श्रमिकहरु पनि छन् साथै आफ्नो जीवन यापन गर्नको निम्ति कतिपय मानिसहरू छिमेकी राज्य सिक्किममा निर्भर छन्। गत केही सालदेखि सिङला चियाबारी बन्द अवस्थामा रहेको साथै कोरोना महामारीको कारण सिक्किममा कार्यरत शान्ति बस्तीका धेरैजना फर्केर आएको कारण देखा परेको समस्यालाई मध्यनजर गरेर विधायक जिम्बाको सहयोगमा खाद्य सामग्री वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *