दार्जिलिङको सिंहलिला राष्ट्रिय अभ्यारण्यमा हिमपात

दार्जिलिङ: दार्जिलिङको प्रमुख पर्यटकस्थल सिंहलिला राष्ट्रिय अभ्यारण्य क्षेत्र लगायत सन्दकपु, फालोट आदि ठाउँहरूमा आज दिउँसो हिमपात भएको खबर प्राप्त भएको छ। अचानक बिहानदेखि मौसम परिवर्तन हुनको साथै दिउँसोतिर यहाँको विभिन्न प्रमुख पर्यटनस्थलहरूमा व्यापक हिमपात भएको बताइएको छ।


उक्त हिमपातले गर्दा स्थानीय मानिसहरूको दिनचर्चामा समस्या देखापरे तापनि यहाँ घुम्न आउने पर्यटकहरूले हिमपातको लुप्त उठाएको देखियो। यसको साथै हिमपातको कारण रिम्बिक लगायतको माथिल्लो भागमा अचानक जाडो बढेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *