दार्जिलिङको साउथफिल्ड कलेजलाई ग्रेड ए प्राप्त

दार्जिलिङ (निसं): दार्जिलिङ पहाडको एक चर्चित कलेज साउथफिल्ड कलेजले राष्ट्रिय मूल्याङ्कन एवं प्रत्यायन परिषद (न्याक) बाट पहिलो दर्जा (ग्रेड ए) प्राप्त गरेको छ। गत 4 अनि 5 अक्टोबरको दिन कलेजमा न्याक टीमले भ्रमण गरेको थियो भने आज न्याक कार्यालय बङ्लोरबाट साउथफिल्ड कलेजले ग्रेड ‘ए’ प्राप्त भएको पत्र प्राप्त भएको कलेजका प्राचार्य डा. अनुराधा राईले जानकारी दिएकी छन्। कलेजका प्राध्यापक डा. महेश प्रधानले कलेजका सम्पूर्ण परिवार, अभिभावक सङ्घ, भूतपूर्व विद्यार्थी सङ्गठन, सम्पूर्ण छात्रालाई कृतज्ञता प्रकट गरेका छन्। साउथफिल्ड कलेज सम्पूर्ण उत्तर बङ्गालकै एकमात्र ‘ए’ ग्रेड प्राप्त सरकारी अनि अर्द्ध सरकारी कलेज बन्न सफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *