दार्जिलिङको साउथफिल्ड कलेजमा दुई दिने पूर्वी क्षेत्रीय युवा सम्मेलन आजदेखि शुरू

दार्जिलिङ (निसं) : साहित्य अकादमी र साउथ फिल्ड कलेजको संयुक्त आयोजनामा दार्जिलिङको साउथफिल्ड कलेजमा दुई दिवसीय पूर्वी क्षेत्रीय युवा सम्मेलन आजदेखि शुरु भएको छ। आज 22 अक्टोबर र भोलि आयोजना गरिने कार्यक्रममा विभिन्न भाषाका युवाहरूलाई लिएर गरिएको उक्त कार्यक्रम अन्तर्गत आज तीनवटा सत्रमा कार्यक्रम सम्पन्न भयो। यस अवसरमा भारतको पूर्वोत्तर क्षेत्रका विभिन्न भाषाका युवाहरूले आ-आफ्नो भाषामा साथै हिन्दी र अंग्रेजीमा अनुवाद पनि सुनाए। यसै कार्यक्रममा डिजिटल प्लेटफर्ममा साहित्य विषयमा संगोष्ठीको पनि आयोजना गरिएको थियो। यस विषयमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक डा. जीवन नामदुङ अनि साहित्य अकादमी पूर्वोत्तर क्षेत्रका सचिव डा. देवेन्द्र देवेसले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *