दार्जिलिङको सुदुरवर्ती मतदान क्षेत्र गोर्खे समान्दिनमा गोजमुमोको चुनाउ प्रचार

रिम्बिक: चुनाउलाई मध्य नजर राख्दै रिम्बिक लोधोमा समष्टि अन्तर्गत पर्ने दार्जिलिङ पहाडको सुदुरवर्ती मतदान क्षेत्र गोर्खे समान्दिनमा आज गोजमुमो (बिमल खेमा)ले चुनाउ प्रचार गऱ्यो। दार्जिलिङ महकुमा स्तरीय नेता तथा समष्टि चुनाउ संयोजक भक्त दिलपालीको नेतृत्वमा गएको चुनाउ प्रचार टोलीमा समष्टि संयोजक मणीकुमार सुब्बा, केन्द्रिय नेता नरेन्द्र काम्बाङ, रन्जन सोताङ आधि सामेल थिए। तिनीहरूलाई गाउँलेहरूले स्वागत जनाए। तिनीहरूले चुनाउ प्रचार अवधि पार्टी अध्यक्ष बिमल गुरुङको हात बलियो बनाएर आफुहरुको दीर्घकालीन मागलाई फत्ते लगाउन सहयोग गर्ने गाउँवासीलाई अपील गरे। यसको साथै आफ्नो पार्टीको प्रार्थीलाई मतदान गरेर विपुल मतले विजयी गराउने जनतासमक्ष आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *