दार्जिलिङको टकभर जामुनीबाट निखोज दुई बालिका मालदाबाट सकुशल उद्धार

दार्जिलिङ : दार्जिलिङको टकभर जामुनीबाट निखोज भएका दुईजना नाबालिकालाई पुलिसको सहयोगमा मालदाबाट सकुशल उद्धार गरेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार गत राति दार्जिलिङको टकभर जामुनीस्थित घरबाट दुईवटी नाबालिका लगभग 13 वर्ष उमेर भएको रिया र रूबी हराएपछि शिशु तस्करहरूको हातमा परेको हुनसक्ने डरले सबैलाई सताइरहेको थियो। उक्त घटनाबारे जानकारी पाएपछि डीआईजी निलु शेर्पाको विशेष पहलमा विभिन्न थानाहरूलाई यसबारे सूचित गरेपछि छानबीन गर्दै अन्तमा मोबाइलको लोकेसन ट्र्याक गरेपछि बङ्गाल तथा कोलकाता पुलिसले तिनीहरूलाई मालदाबाट सकुशल उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार यी दुवै नाबालिकालाई सकुशल उद्धार गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *