दार्जिलिङको टोय ट्रेन आजदेखि लिकमा दौडिन शुरू

दार्जिलिङ: देशीविदेशी पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र रहेको दार्जिलिङको टोय ट्रेन आजदेखि निजीकरणको लिकमा दौडिन शुरू गरेको । आजदेखि टोय ट्रेन सेवा सिलगढीदेखि दार्जिलिङ रेलवे स्टेशनसम्मको लागि नियमित रूपको लागि सुरू गरिएको छ।

एनजेपी स्टेशनमा आज कटिहार डिभिजनका डीआरएम शुभेन्दु कुमार चौधरीको उपस्थितिमा टोय ट्रेनलाई हरियो झन्डा देखाएर दार्जिलिङको लागि प्रस्थान गरियो। तथापि आज पहिलो दिन टोय ट्रेनमा सवार गर्ने यात्रुहरूको संख्या कम देखियो। डीआरएमले बताए अनुसार टोय ट्रेन सेवालाई अझ आकर्षक बनाउनको लागि केही पहल गरिने छ। 2 दिसम्बर 1999 मा युनेस्कोबाट विश्व धरोहरको दर्जा पाएको दार्जिलिङ हिमालयन रेलवेको टोय ट्रेन सेवा कोरोना महामारी साथै पहाडको कतिपय ठाउँहरूमा पैह्रो गएकोले धेरै महिना अघिदेखि बन्द भएको थियो। टोय ट्रेनको पूर्णाङ्ग परिसेवा शुरू हुन ठीक एकदिन अघि दार्जिलिङ हिमालयन रेलवेलाई प्राइभेटाइजेसन गर्ने पहल शुरू भएको खबरपछि राज्यका पूर्व पर्यटन मन्त्री गौतम देवलगायत पर्यटन व्यवसायीहरूले यसको कडा विरोध जनाएका छन्।

प्राप्त जानकारी अनुसार भारतीय रेलवेसित तीस वर्षको लागि समझौता गरेर कर्पोरेट संस्थाले अब टोय ट्रेनको टिकट बिक्री गर्नेछ। केन्द्र सरकारले एसेट मनिटाइजेसन योजना अन्तर्गत टोय ट्रेनलाई कर्पोरेट हाउसको हातमा सुम्पिँदैछ। टोय ट्रेनलाई निजीकरण गर्ने केन्द्र सरकारको योजनाको उत्तर बंगालका र ओपरेटरहरूले पनि विरोध जनाएको छ। केन्द्र सरकारलाई यसबारे पुन: बिचार गरिदिने अनुरोध गर्दै पत्रचार गरिने बताइएको छ। अर्कोतिर, टोय ट्रेनलाई निजीकरण गर्दा विश्व धरोहरको दर्जा अक्षुण्ण राख्नु पर्ने दार्जिलिङ हिमालयन रेलवे इन्डिया सपोर्ट ग्रूपका सचिव राज बसुको भनाई रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinograndpashabet1wingrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes