दार्जिलिङको तुङ्सुङ कमानको फ्याक्ट्रीमा आगलागी

दार्जिलिङ : दार्जिलिङदेखि लगभग 25 किलोमिटर टाढा तुङसुङ चियाकमानको फ्याक्ट्रीमा गत अबेर राति आगलागी हुँदा फ्याक्ट्री जलेर भष्म भएको छ। उक्त फ्याक्ट्रीका चौकीदारले आगो लागेको देखेपछि स्थानीय मानिसहरूलाई आगलागीबारे खबर दिएपछि तिनीहरूको सहयोगमा आगोलाई निभ्याउने प्रयास गरे तापनि आगोलाई नियन्त्रणमा ल्याउन सकेनन्।


  


दमकल विभागलाई आगलागीबारे खबर दिए तापनि फ्याक्ट्री जाने बाटो साघुँरो भएकोले गर्दा दमकलको इञ्जिन आगलागीस्थलमा जान सकेन। आगलागीमा फ्याक्ट्री पूर्ण रूपले जलेर खरानी भएको छ। स्थानीय पुलिस र दमकल कर्मीहरू पैदल हिँडेर आगलागी स्थलमा पुगेर आगलागीको सटीक कारण जुटाउने प्रयास गरिरहेको बताइएको छ। सन् 1944-मा स्थापित उक्त चियाकमानको फ्याक्ट्रीमा 15 सय श्रमिकहरू कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.